नियम ३६
निर्णयको सूचना र सक्कल कागज फिर्ता दिने

(१) आयोगबाट कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिसँग बयान लिइएकोमा आयोगले त्यस्तो उजुरी तामेलीमा राख्ने निर्णय
गरेकोमा सो निर्णयको जनाउ सम्बन्धित कार्यालयलाई र्‌ माग गर्ने सरोकारवाला व्यक्तिलाई दिइनेछ ।
(२) कुनै उजुरीको कारवाईको सिलसिलामा कुनै निकायबाट सक्कल कागजात झिकाइएकोमा त्यस्तो उजुरी तामेलीमा रहने निर्णय भएमा झिकाइएको सक्कल कागजात सम्बन्धित कार्यालयमा यथाशक्य चाँडो फिर्ता पठाउनु पर्नेछ ।